scheduleबिहिवार मंसिर १८ गते, २०७७

शीतलनिवासमा प्रम ओलीलाई राष्ट्रपतिले लगाइदिइन् टीका, जमरासँगै माला पनि

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ,’ प्रमका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘त्यसक्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ ।’

ओलीसँगै प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिको हातबाट बडा दशैंकाे टीका र जमरासँगै माला ग्रहण गरेको थापाले जानकारी दिए । टीका लगाउनेक्रममा राष्ट्रपति भण्डारी, प्रम ओली र प्रथम महिला शाक्यले मास्क लगाएका थिए । टिका लगाएसँगै उनीहरुले तस्बिर पनि खिचाएका छन् ।

यसअघि प्रम ओलीले बालुवाटारमा प्रथम महिला पत्नी राधिका शाक्यलाई दशैंको टीका लगाइदिएका थिए । थापाका अनुसार प्रम ओलीका पिता माेहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाे हुनाले आफ्नाे निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंकाे टीका लगाइदिएका हुन् ।

तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay