scheduleमगलवार मंसिर १६ गते, २०७७

कोरोनाका कारण कोटभैरव मन्दिर सुनसान, सामुहिक टिका कार्यक्रम भएन

गण्डकी, १० कात्तिक । विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नगर्ने भएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो ।

नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।

ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।

विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उनले जानकारी दिए ।

पञ्चाङ्ग निर्णायक समितिले घोषणा गरेको टीकाको शुभसाइतमा कोटभैरव मन्दिरमा बाजा बजाएर टीकाको शुभारम्भ गर्ने र बाजाको आवाज सुनेपछि घरघरमा टीका लगाउने प्रचलन यहाँको विशिष्टता हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay