scheduleबिहिवार मंसिर १८ गते, २०७७

ह्वट्सएपले ल्यायो वेब भर्सनबाट कल गर्न सकिने सुविधा

काठमाडौं, १० कात्तिक । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्ने भएको छ । ह्वट्सएपले स्मार्टफोनमा जस्तै अब छिट्टै ह्वट्सएपले डेस्कटप तथा ल्यापटपमा समेत भिडियो तथा अडियो कल गर्न सकिने फिचर ल्याउने भएको हो ।

यो नयाँ फिचरका लागि ह्वाट्सएपको बेटा भर्सनका प्रयोगकर्ताका लागि २.२०४३.७ भर्सनको अपडेट गर्नुपर्ने हुन्छ ।

यो सुविधासँगै प्रयोगकर्ताले वेब भर्सनमा पनि भिडियो र अडियो कलिङको सुविधा प्रयोग गर्न पाउनेछन् । यद्यपि यो अहिले अपडेट विकासकै क्रममा रहेको र चाँडै सबै प्रयोगकर्ताको सार्वजनिक गर्ने कम्पनी जनाएको छ ।

वेबेटाइन्फोद्वारा सार्वजनिक ह्वट्सएपको लेटेस्ट बेटा भर्सनको नयाँ अपडेटको स्क्रिनशटमा प्रयोगकर्ताले ह्वाट्सएप वेबको माध्यमबाट भिडियो तथा अडियो कल गर्न सकिने देखाइएको छ ।

नयाँ सुविधामा ह्वट्सएपको नयाँ विण्डो खुल्छ जहाँबाट कल एसेप्ट वा रिजेक्ट गर्न सकिन्छ । यसमा कलको स्टाटस समेत समावेश गरिएको छ ।

ह्वाट्सएपले छिट्टै ग्रुप कलको समेत सुविधा थप्ने जनाएकव छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay