scheduleबिहिवार मंसिर १८ गते, २०७७

तनहुँका ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

दमौली, १० कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay