scheduleशनिवार मंसिर २० गते, २०७७

कोरोना कहरकाबीच दशैँ, मुखमा मास्क र हातमा पन्जा लगाएर टीका

तस्विर-रासस

पर्वत, १० कात्तिक । यसपालीको दशैँ निरश र फरक तरिकाले मनाएको पर्वतका सरोकारवालाले बताएका छन् । बिगतका वर्षहरुमा टाढा टाढाबाट कोहि पनि आएनन । घरघरै पुगेर टीका लगाउने र आफन्तको दैलोमा पुग्नेहरु पनि घरमै बसेर मात्रै टीका लगाएको बताएका छन् ।

फलेवास ३ का बुद्धिसागर तिवारीले दशैँमा विगत वर्षहरुमा हुने चहलपहल यो वर्ष नभएको बताए । मन्दिरमा जम्मा भएर सबै गाउँलेले टीका लगाउने गरेकोमा यो वर्ष मन्दिरमा भौतिक दुरी कायम गरेर केहि घरका सदस्यहरु मात्रै पुगेर टिका लगाएको बताए । गाउँका तीन जना पाका बुवाहरुले मुखमा मास्क र हातमा पन्जा लगाएर टीका लगाईदिएको उनले बताए ।

कोरोना त्रासका कारण टीका लगाउने र आर्शिबाद थाप्नेहरुमा कुनै उत्साह नदिएको बुद्धिसागरले बताए । पैयुँका मीनप्रसाद न्यौपानेले पनि गतवर्ष भन्दा यो वर्ष फरक तरिकाले दशैँ मनाएको बताए । गाउँलेहरुले घरमा मात्रै टीका लगाउने निर्णय गरेकाले अन्यत्रै नगई आ आफ्ना घरका सदस्य बटुलिएर टीका लगाएको न्यौपानेले बताए । दशैँमा घरमा टिका लगाएर बस मार्फत र पैदल मार्फत आफन्तको घरमा जानेहरुको लर्को समेत यो वर्ष कम देखिएको थियो ।

अध्ययन, व्यवसाय, जागिर लगायतका आबद्ध भएका व्याक्तिहरु यो वर्ष गाउँ फर्कने आँट गरेनन् । स्थानीय सरकारले दशैँ मनाउन आउनेलाई १४ दिन अनिवार्य रुपमा क्वारेण्टाईनमा बस्नुपर्ने सूचना जारी गरेको हुनाले कतिपयले घर आउने आँट नै गर्न सकेनन् । विशेष गरि चितवन, बुटवल, काठमाण्डौँ, बाँके बर्दियामा रहेका व्यक्ति पुरानो थातथलोमा फर्किएर टीका लगाएनन् ।

लामो समय सम्म गाउँ नफर्किएका र भेटघाट नभएका आफन्त भेट्ने अवसरको रुपमा दशैँलाई लिने गरिन्छ । देबिस्थानका पूर्णकुमार श्रेष्ठले कोरोनाका कारण यो दशैँमा कुनै पनि गाउँमा नयाँ व्यक्तिको आगमन नभएको दाबी गर्छन् । उनले आशिर्बाद थाप्नुभन्दा पनि कोरोना फैलिने त्रासका कारण धेरैलाई चिन्ता भएकाले दशैँमा हुने चहलपहल नभएको बताए । श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गरेर टीका थापिएको जानकारी दिएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay