scheduleबिहिवार मंसिर १८ गते, २०७७

१६ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं, १० कात्तिक । विजयादशमी अर्थात् दशैंको दिन नेपालमा ४६ जिल्लाहरुमा गरी १ हजार ७४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसमध्ये काठमाडौंमा सबैभन्दा बढी ६७३ जना रहेका छन् भने प्रदेशहरुमा सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

कर्णाली प्रदेशमा सबैभन्दा कम ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबारसम्म १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका छन् । ५०० भन्दा बढी कोरोना संक्रमित भेटिएका जिल्लाहरूमा प्रदेश १ को झापा, मोरङ र सुनसरी रहेका छन् भने बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे रहेका छन् ।

गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्वमा र लुम्बिनी प्रदेशका दाङ, रुपन्देही र बाँकेमा ५०० संक्रमित नाघेका छन् । कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा कैलाली जिल्लामा पनि ५ सय संक्रमित नाघेका छन् । कोरोना संक्रमित शून्य रहेको जिल्ला मुस्ताङ मात्र रहेको छ ।

हेर्नुहोस् पछिल्लो २४ घण्टाको प्रदेश र जिल्लागत कोरोना संक्रमणको विवरण-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay