scheduleबिहिवार मंसिर १८ गते, २०७७

चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौं पूर्ण बैठक बेइजिङमा शुरु

बेइजिङ, १० कात्तिक । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय कमिटीको ५ औं पूर्ण बैठक सोमबार बेइजिङमा प्रारम्भ भएको छ । बैठक २९ अक्टोबरसम्म ३ दिन चल्ने बताइएको छ ।

एकदलीय कम्युनिष्ट प्रणालीमा पार्टी केन्द्रीय समिति पूर्ण बैठकको बिशेष महत्व हुन्छ । पार्टी कमिटीको पूर्ण बैठकले गर्ने निर्णयहरु सरकार र राज्यलाई मार्गदर्शक मान्ने गरिन्छ ।

देशको १४ औं पञ्चवर्षीय योजना (२०२१–२०२५) बारे छलफल गर्न बैठक आयोजना गरिएको पार्टीले जनाएको छ । केही महिना अगाडि नै हुने पर्ने यो बैठक कोरोनाले सृजना गरेको स्वास्थ्य संकट र अनिश्चिताको कारण स्थगन गरिएको थियो ।

चर्किदो व्यापार युद्ध, आसन्न अमेरिकी निर्वाचन र कोरोनले सृजना गरेको आर्थिक मन्दी बीच सत्तारुढ कम्युनिष्ट पार्टीको पूर्ण बैठक प्रारम्भ भएको हो ।

विश्वका अधिकांश देशमा कोभिड–१९ ले व्यापक क्षति गरिरहेको अवस्थामा चीन सरकार त्यसलाई नियन्त्रण गर्न सफल भएकोमा पार्टीको लोकप्रियता सन् २००० यताकै बढी भएको बताइन्छ ।

बैठकको प्रारम्भमा पार्टी महासचिव तथा राष्ट्रपति सि जिन पिङले प्रारम्भिक मन्तव्य र पञ्च वर्षीय योजनाको मस्यौदा प्रस्ताव गरेको बताइएको छ ।

चीनमा अहिले कोरोनाको कारण शिथिल भएको अर्थतन्त्र पुनश्चः पुरानै गतिमा फर्किन थालीसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay