scheduleबुधवार मंसिर १७ गते, २०७७

आइपिएलमा पञ्‍जाबको लगातार पाँचौं जीत, प्लेअफ दौडमा थप बलियो

काठमाडौं, ११ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा किङ्स इलाभेन पञ्‍जाबले जीत हात पारेको छ । प्रतियोगितामा लगातार पाँचौं जीत दर्ता गर्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्‍यो ।

कोलकाताले दिएको १५० रनको लक्ष्य पञ्‍जाबले १ ओभर १ बलको खेल बाँकी रहँदै २ विकेटको क्षतिमा भेट्टाएको हो । पञ्‍जाबका लागि ओपनर मन्दीप सिंह ६६ रनमा अविजित रहे भने क्रिस गेलले ५१ रनको योगदान दिए । म्यान अफ द म्याच गेलले केवल २९ बल खेल्दैै २ चौका र ५ छक्का प्रहार गरे । कप्तान केएल राहुलले पनि २८ रन बनाए । कोलकाताका वरुण चक्रवर्ती र लकी फर्गुसनले १-१ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । सुरुवाती २ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाएको कोलकाताका लागि ओपनर शुभमन गिलले ५७ रनको अर्धशतकीय पारी खेल्दा इयान मोर्गानले ४० रन बनाए । अन्त्यतिर लकी फर्गुसन २४ रनमा अविजित रहे । कोलकातालाई मध्यम योगफलमा रोक्न पञ्‍जाबका मोहमम्द शामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवि विश्‍नोईले २-२ विकेट लिँदा ग्लेन म्याक्सवेल र मुरुगन आश्‍विनले १-१ विकेट हात पारे ।

जीतसँगै १२ खेलबाट १२ अंक बटुलेको पञ्‍जाब अंकतालिकाको चौथो स्थानमा उक्लन सफल भएको छ भने पराजित कोलकाताको समान अंक भएपनि नेट रनरेटका आधारमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay