scheduleबिहिवार मंसिर १८ गते, २०७७

महाधिवेशनको टुङ्गो नलाग्दै काँग्रेसमा घरझगडा सुरु !

काठमाडौं, १२ कात्तिक । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिती समेतको कार्यतालिका टुङ्गो नलाग्दै पदीय झगडा शुरु भएको छ । पदीय झगडा सभापति शेरबहादुर देउवाको घरभित्रै पनि प्रवेश गरेको छ । आगामी फागुनमा महाधिवेशन गर्ने भनिएपनि कोरोनाका कारण महाधिवेशनको तयारी नै सुरु नभएको काँग्रेसले जनाएको छ ।

फागुनमा हुन नसके २०७८ सालको भदौमा मात्रै महाधिवेशन गर्ने पार्टी सभापति शेरबहादुर देउवाको तयारी छ । अहिलेसम्मको अवस्था हेर्दा फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नै नभएको काँग्रेस नेताहरु बताउँछन् । स्वयं सभापति देउवा पनि ०७७ सालमा महाधिवेशन गर्ने मुडमा छैनन् । पुनः सभापतिमा उम्मेद्वारी दिने तयारीमा रहेका देउवालाई ०७७ सालमा महाधिवेशन भए ज्योतिषीय हिसाबले ग्रहदशा अनुसार जित्‍न कठिन हुने सुझाव उनका ज्योतिषले दिएका छन् ।

यता महाधिवेशनको टुङ्गो नलागेपनि महाधिवेशनलाई लिएर पार्टी नेताहरुको घर झगडा शुरु भएको छ । स्रोतका अनुसार सभापति देउवाकै घरमा झगडाको आगो सल्काइएको छ । सभापतिमा आकांक्षी विमलेन्द्र निधी पक्षले देउवा पत्नी आरजु राणालाई आगामी महाधिवेशनमा महामन्त्रीमा उठाउने तयारी गरेपछी आरजुले नै देउवालाई पुनः सभापति उठ्नबाट रोक्न सक्ने अनुमान गरिएको छ । आरजुले समेत यसमा लोभ देखाउन थालेको काँग्रेसभित्र चर्चा छ । यद्यपि काँग्रेसमा धेरै नेताहरु प्रतिष्पर्धामा रहेकोले अहिले नै आरजुलाई महामन्त्री स्वीकार गर्न भने गाह्रो छ ।

सभापतिमा आकांक्षी शेखर कोईराला र शशांक कोईराला दाजुभाई बिच पनि महाधिवेशनलाई लिएर झगडाको आगो सल्केको छ । सभापतीमा आकांक्षी दुवैको चाहना एकले अर्कोलाई सघाउनुपर्ने भन्ने छ तर सहयोगीहरुले दुवैलाई अगाडि बढाएर आगोमा घिउ थप्‍ने काम गरिरहेका छन् ।

यता युवा नेता गगन थापा र उनका ससुरा अर्जुननरसिंह केसीको बीचमा पनि झगडाको आगो शुरु भएको छ । केसी र थापा दुवै महामन्त्री पद सुरक्षित गर्न अहिले सभापती उठ्ने भन्न थालेका छन् ।

नुवाकोटमा डा. रामशरण महत र अर्जुननरसिंह केसीको दुश्मनी पुरानै हो । यी दुईजनाले एकअर्कालाई जसरी पनि हराउने र विस्थापीत गराउन अभियान नै चलाउँछन् । तर यसपटक डा. महतलाई केसीको भन्दा आफ्नै भाई डा. प्रकाशशरण महतसँग डर छ । यहाँ पनि महत दाजुभाईबीचमा झगडाको आगो देखिने गरी सल्केको छ । दाजु महत रामचन्द्र पौडेल निकट हुन भने भाई महत सभापती देउवाका अति विश्वासपात्र मध्येका हुन् ।

यसपटकको महाधिवेशनमा रोचक चाहिँ सभापती देउवा र उनकी पत्नी आरजु राणाको बीचमा सल्काईएको आगोको लप्काले कतिलाई पोल्ने हो त्यो हेर्न बाँकी छ । यद्यपि आरजुकै लागि देउवाले सभापतिमा उम्मेद्वारी नदिने अवस्था नरहेको काँग्रेसका एक जिल्ला सभापति बताउँछन् । आरजुलाई पदाधिकारी बनाउने विषयमा देउवाबाहेक अरुको निर्णयले काम नगर्ने उनको तर्क छ ।

काँग्रेस महाधिवेशनमा देउवासहित रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा. शेखर कोईराला, डा. शशांक कोईराला लगायत ८ जना सभापतिका दाबेदार रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay