scheduleबिहिवार मंसिर १८ गते, २०७७

प्रिमियर लिग: सनको गोलमा टोटनहामको जीत, ब्राइटन र वेस्ट ब्रोम बराबरीमा

काठमाडौं, १२ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति सम्पन्‍न खेलमा टोटनहाम हटस्पर विजयी भएको छ । लिगमा तेस्रो जीत निकाल्ने क्रममा स्पर्सले बर्नलीलाई उसैको मैदानमा १-० ले हरायो ।

यद्यपि टोटनहामले गोल गर्नका लागि ७६औं मिनेटसम्म कुर्नुपरेको थियो । ७६औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड सन ह्‍युङमिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जीतसँगै ६ खेलबाट ११ अंक जोडेको टोटनहाम पाँचौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ खेलबाट १ अंकहित पुछारबाट तेस्रोमा छ ।

ब्राइटन र वेस्टब्रोमको बराबरी

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेस्ट ब्रोमले बराबरी खेलेका छन् । ब्राइटनको मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ४०औ मिनेटमा ब्राइटनले उपहार गोलमार्फत अग्रता लिएको थियो । तर खेलको ८३औं मिनेटमा वेस्टब्रोमका कार्लान ग्रान्टले गोल गर्दै खेल बराबरीमा ल्याए ।

वेस्टब्रोमले त्यसपछि थप गोल फर्काउन सकेन र बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

बराबरीपछि क्रमशः ५ र ३ अंक भएका ब्राइटन र वेस्ट ब्रोम १६औं र १७औं स्थानमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay