scheduleमगलवार मंसिर १६ गते, २०७७

नासाले खोज्यो चन्द्रमाको सतहमा पानी, मानव बस्ती बसाउने वैज्ञानिक विश्वास थप बलियो

काठमाडौं, ११ कात्तिक । चन्द्रमामा मानव बस्ती बसाउने वैज्ञानिक विश्वास थप बलियो भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी फेला पारेको छ ।

चन्द्रमाको सतहमा पानी यस्तो क्षेत्रमा भेटिएको हो जहाँ सूर्यको किरण पर्दछ ।

पानीको खोजी नासाको स्ट्रेटोस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमी (सोफिया) ले गरेको हो । यसको उपयोग पिउन र रकेट इन्धनको रुपमा गर्न सकिनेछ ।

सोफियाले चन्द्रमाको दक्षिणी गोलार्धस्थित पृथ्वीबाट देखिने सबैभन्दा ठूलो भागको एक ‘क्लेभियस’मा पानीको अणुहरु (एचटुओ) पत्ता लगाएका हुन् ।
अहिलेसम्मको अध्ययनमा चन्द्रमाको सतहमा हाइड्रोजनको केही अंशहरु फेला पारिएको थियो तर पानी र पानीजस्तै हाइड्रोक्सिल (ओएच) बारे कुनै जानकारी फेला परेको थिएन ।

नेचर एस्ट्रोनोमीमा हालसालै प्रकाशित एक अध्ययनको रिपोर्टका अनुसार चन्द्रको उक्त भागको तथ्यांक विश्लेषणबाट १०० देखि ४१२ भाग प्रति मिलियनकी सान्द्रतामा पानी पत्ता लगाइएको हो ।

तुलनात्मक रुपमा सोफियाले चन्द्रमामा जति पानी पत्ता लगाएको छ त्यो अफ्रिकाको सहारा मरुभूमिमा रहेको पानीको तुलनामा १०० भाग हो । यति कम मात्राको बावजुद पनि नयाँ प्रश्न जन्मिएको छ- चन्द्रमाको सतहमा पानी कसरी बन्छ ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay