scheduleबुधवार मंसिर १७ गते, २०७७

संक्रमण रोक्न लकडाउन गर्नु पर्दैनः डब्लुएचओ

काठमाडौं, ११ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउनबारे आफ्नो धारणामा परिवर्तन ल्याएको छ । संगठनले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गर्नपर्नेमा जोड दिएको छ ।

संगठनले यसो गर्दा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नुपर्ने आवश्यकता नरहने बताएको हो । संसारका विभिन्न देशहरुमा कोरोना संक्रमणको नयाँ लहरहरु देखा पर्न थालेपछि संगठनको यस्तो धारणा आएको हो ।

यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा हालसालै दोस्रो चरणको लहर देखा परेरहेको छ । ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले भनेकी छिन्, ‘प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्छ ।’

गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूमा देखिएपछि संगठनले यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay