scheduleबुधवार मंसिर १७ गते, २०७७

अमेरिकामा एकैदिन कोरोना सङ्क्रमणबाट ५ सय २२ जनाको मृत्यु

काठमाडौं, ११ कात्तिक । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ५ सय २२ जनाको मृत्यु भएको छ । यो अवधिमा त्यहाँ ६९ हजार १ सय ५६ जना सङ्क्रमित थपिएका छन् ।

अमेरिकामा कुल सङ्क्रमित सङ्ख्या ८९ लाख ६२ हजार १७ पुगेको छ । तीमध्ये हालसम्म दुई लाख ३१ हजार ३८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५८ लाख २८ हजार ३७५ जना सङ्क्रमणमुक्त भएका छन् ।

अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी सभाहरुमा मास्क नलगाउँदै हिंडेको भन्दै आलोचना बढिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay