scheduleशनिवार मंसिर २० गते, २०७७

सिरियामा भएको हवाइ आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ११ कात्तिक । उत्तरी सिरियाको इदलिब प्रान्तमा रूसले गरेको हवाइ आक्रमणमा परी ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश टर्की समर्थित लडाकु रहेका बीबीसीले खबर लेखेको छ । फायलाक–अल–शाम नामक एक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरिएको थियो ।

आक्रमणपछि इदलिबमा रूस र टर्कीको मध्यस्थताबाट भएको संघर्षविराम संकटमा परेको बताइएको छ ।

सीरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay