scheduleबुधवार मंसिर १७ गते, २०७७

नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लाग्यो

काठमाडाैं,  ११ कात्तिक ।  भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लागेको छ । नरावणे यही कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौँ आउने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईले जनाएको छ ।

कोरोना महामारीका कारण लकडाउन अर्थात बन्दाबन्दीको घोषणाका कारण सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण स्थगित भएको थियो । नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो । भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ ।

यो परम्परा सन् १९५० देखि चल्दै आएको छ । नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay