scheduleबिहिवार मंसिर १८ गते, २०७७

जीप दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते

खोटाङ, ११ कात्तिक । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको उक्त  दुर्घटनामा   तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  ।

बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार   भएको सो दुर्घटनामा मृत्यु हुनेहरुमा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन् ।

घाइते हुनेमा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई रहेका छन् ।

उनीहरुको   बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ  ।  जीपका चालक उदपयुर चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय यामबहादुर विक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay