scheduleबुधवार मंसिर १७ गते, २०७७

कमला ह्यारिसः ट्रम्पको घृणा र वाइडनको भरोसा

काठमाडौं, ११ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान हुने दिन आउन अब एक हप्ता मात्र बाँकी छ । तर, करिब ६ करोड मतदाताले अर्ली मतदान गरिसकेका छन् । अर्ली मतदान गर्ने मतदातामध्ये ५४ प्रतिशत महिला मतदाता रहेका छन् ।

अर्कोतिर अश्वेत मतदाताको बाहुल्यता रहेको जर्जिया, मिसिसिपी, लुजियाना, साउद क्यारोलिना, अलबामा, मेरीलैण्ड प्रदेशमा अर्ली मतदानको दर व्यापक रहेको बताइन्छ । यी दुवै मतदान प्रवृत्तिले डेमोक्र्याटक पार्टीलाई मद्दत पुर्‍याएको अनुमान छ ।

महिला र अश्वेत मतदाताले यसपाली डेमोक्र्याटिक पार्टीलाई मतदान गर्ने सम्भावना धेरै रहेको विश्लेषणहरु ठान्दछन् । त्यसका धेरै कारणमध्ये एक हो- उपराष्ट्रपति पदमा कमला ह्यारिसको उम्मेद्वारी । ह्यारिसको उम्मेद्वारीले महिला र अश्वेत मतदाताको सहानुभूति तानेको बुझाई पछि कट्टरपन्थी रिपब्लिकन र स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्यारिसमाथि आक्रोश र घृणापूर्ण अभिव्यक्ति दिन थालेका छन् ।

ट्रम्पको घृणात्मक अभिव्यक्तिले गोरा मतदाता ध्रुवीकृत हुने सम्भावना बढाउन ठानिँदैछ । तर, एशियन मतदाताहरुमा ह्यारिसप्रतिको आकर्षण र सहानुभूति झनै बढेको छ । भारतीय मूलका एशियाली मतदाताहरु अहिले दशैंको मुडमा छन् । दशैं नवदुर्गाका रुपमा स्त्रीशक्तिको उपासना गरिने चाड पनि हो । ह्यारिस एशियन हिन्दू मतदाताबीच पुग्ने अधिकतम् प्रयास गरिरहेकी छन् ।

वाइडन-ह्यारिस दुवैले घटस्थापनाकै दिन दशैंको शुभकामना दिएका छन् । ह्यारिसले केही एशियन हिन्दू बस्तीहरुमा पुगेर हिन्दी भाषा मिसिएको लबजमा अभिवादन र भाषण गरेको समाचार छन् । हिन्दू बस्तीहरुमा उनीलाई दुर्गाको नयाँ अवतार बन्दै उत्साह दिने गरिएको छ । डेमोक्र्याटिक क्याम्पेनिङमा वाइडनको भन्दा ह्यारिसको चर्चा, भूमिका र आकर्षण झनझन बढ्दै गइरहेको छ ।

कतिपय विश्लेषकहरुले अमेरिकी राष्ट्रपति चुनाव वाइडन र ट्रम्प बीच नभएर ट्रम्प र ह्यारिसबीचको जस्तो हुन पुगेको लेखेका छन् । ट्रम्पले वाइडनलाई ‘स्लिपी’ र कमलालाई ‘मोन्सटर’ भन्दै गाली गर्ने गरेका छन् । यसपटक डेकोक्र्याटिक उम्मेद्वारहरुले जितेका सन् २०१६ मा हिलारी क्लिन्टनको हारको बदला कमलाले लिने देखिन्छ ।

आसन्न राष्ट्रपतिको निर्वाचन डेमोक्र्याटिक उम्मेद्वारले जितेमा ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो अश्वेत-एशियाली मुलकी महिला हुनेछिन् । अर्कोतिर वाइडनमा प्रशासनमा कमलाको भूमिका अहिलेसम्मका उपराष्ट्रपतिहरुको भन्दा धेरै हुने, कमला ‘डि-फ्याक्टो’ राष्ट्रपति सरह हुने विश्लेषण समेत गर्न थालिएको छ ।

त्यसको कारण भने जो वाइडनको उमेर हो । वाइडनको ७७ वर्षका छन् भने कमला ५६ वर्षकी । ७७ वर्षकोे उमेरमा वाइडनको सक्रियता स्वभाविक रुपमा कम हुनेछ, त्यसलाई कमलाले पुर्ताल गर्नु पर्नेछ । उमेरको कारण दोस्रो कार्यकालका लागि वाइडन प्रतिस्पर्धी हुने छैनन् । यसले गर्दा कमलालाई भावी राष्ट्रपतिको रुपमा समेत हेर्न थालिएको छ ।

अमेरिकाको इतिहासमा त्यस्ता धेरै राष्ट्रपति छन् जो उपराष्ट्रपति हुँदै राष्ट्रपति भएका थिए । थोमस जेफर्सन, थियोडोर रुजबेल्ट, ह्यारी ट्रुमेन, रिचार्ड निक्सनज, जर्ज बुसजस्ता चर्चित राष्ट्रपतिहरु राष्ट्रपति हुनु अघि उपराष्ट्रपति थिए । अहिलेका डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वार जो वाइडन बाराक ओबामा कार्यकालका उपराष्ट्रपति हुन् ।

उनी भारतीय मूलकी आमा श्यामला गोपालन र जमैकन अश्वेत बुबा डोनाल्ड ह्यारिसकी छोरी हुन् । चुनावको नजिकनजिक आइपुग्दा कमला अमेरिकी राष्ट्रपति निर्वाचन–२०२० को केन्द्रीय व्यक्तित्व बन्न पुगेकी छन् ।

जो वाइडनलाई अहिले आफूभन्दा धेरै कमला ह्यारिसको भरोसा छ । तर कमलाको बढ्दो लोकप्रियताले राष्ट्रपति ट्रम्पका असहजताहरु झनझन बढेको बताइन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay