scheduleबिहिवार मंसिर १८ गते, २०७७

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा डा. भट्टराईको स्वास्थ्यलाभको कामना

काठमाडौं, ११ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।

भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पत्र पठाएको हो ।

पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay