scheduleमगलवार मंसिर १६ गते, २०७७

ह्वात्तै घट्यो टीकाको चहलपहल

काठमाडौं, ११ कात्तिक । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षको तुलनामा न्यून देखिएको छ ।

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।

विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने गर्दछ । नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् ।

परिवारमा टीका लगाएपछि आफन्तजनसँग टीका लगाउन जाने परम्परा रहेकाले विगत वर्षमा बजार तथा सडकमा सर्वसाधारणको निकै भीड हुने गर्दथ्यो । तर नजिकको परिवारका सदस्यबीच मात्र टीका लाएर यस वर्षको दसैं मनाइँएको छ ।

त्यस्तै सडक सुनसान जस्तै देखिन्छ । कोरोनाकै कारण यस वर्ष दसैं मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिएकाछन् । सडकमा विगत वर्षका जति सवारीसाधनहरु गुडेका छैनन् ।

काठमाडौ उपत्यकामा प्रत्येक दिन सङ्क्रमितको संख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाएकाछन् । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर हिँड्ने गरेको देखिन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay