scheduleबिहिवार मंसिर १८ गते, २०७७

सत्तारुढ नेकपाले रोक्यो चाडपर्वको चियापान

काठमाडौं, ११ कात्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाडपर्वको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम रोकेको छ । नेकपाले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको हो ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी चियापान रोक्ने निर्णयबारे जानकारी दिएका छन् । उनीहरुले कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

विभिन्न पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना विज्ञप्तिमा व्यक्त गरिएको छ । यसअघि नेपाली कांग्रेसले पनि चियापान कार्यक्रम रोक्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay