scheduleबिहिवार मंसिर १८ गते, २०७७

पूर्वसभासद मानपुर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी, ११ कात्तिक । कोरोना संक्रमणबाट बिरामी भएका संविधानसभा सदस्य मानपुर चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

चौधरी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित थिए । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीले श्वास फेर्न गाह्रो भएपछि कोरोना परीक्षण गराएका थिए । सातामा दुईपटक कोरोना परीक्षण गर्दा दोस्रोपटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था नाजुक बन्दै गएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएपछि उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालबाट घर फर्किएका चौधरी पुनः बिरामी भएपछि कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएको थियो । उनलाई मधुमेहन र उच्च रक्तचापको समस्या थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay