scheduleबुधवार मंसिर १७ गते, २०७७

कोरोनाबाट बढी प्रभावित मुलुकहरुको सूचीमा नेपाल कतिऔं स्थानमा ?

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडाैं, ११ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६ सय १६ पुगेको छ भने ११ लाख ६५ हजार ४ सय ६९ जनाले  ज्यान गुमाइसकेका छन्। हालसम्म ३ करोड २२ लाख १५ हजार ७ सय ३३ जना निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाकाे मृत्यु भएको छ। यस्तै ५८ लाख ३३ हजार ८ सय २४ जना निको भएका छन् ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ। ७२ लाख १ हजार ७० जनाले कोरोना जितिसकेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ५१ जना रहेको छ। यस्तै, ४८ लाख ६५ हजार ९३० जनाले कोरोनामुक्त भएका छन् ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चाैथाे, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना साताैँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशाैँ स्थानमा रहेको छ ।

कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । ८ सय ७६ जनाको मृत्यु भएको छ । अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay