scheduleबुधवार मंसिर १७ गते, २०७७

पूर्वसभासद चौधरीको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ कात्तिक । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा तथा नेकपाका २ नम्बर प्रदेश कमिटी सदस्य मानपुर चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले विगत लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा संक्रिय चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

प्रचण्डले मंगलबार एक ट्वीट सन्देशमा भनेका छन्,’संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु। दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीले श्वास फेर्न गाह्रो भएपछि कोरोना परीक्षण गराएका थिए । सातामा दुईपटक कोरोना परीक्षण गर्दा दोस्रोपटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था नाजुक बन्दै गएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएपछि उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay