scheduleबुधवार मंसिर १० गते, २०७७

आइपिएलमा हैदराबाद र दिल्ली खेल्दै, सन्दीप अझै बाहिर

काठमाडौं, ११ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत मङ्गलबार बेलुका सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेपछि दिल्ली केहीबेरमा फिल्डिङमा उत्रदैँ छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका ११ वटै खेलमा मौका नपाएका सन्दीप १२औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलकै एघारलाई निरन्तरता दिएको छ ।

दिल्लीले हालसम्म खेलेका ११ खेलमध्ये ७ मा जीत हात पारेको छ भने चारमा पराजित भएको छ । त्यसैगरी हैदराबादले समान खेलमा ४ जीत निकाल्दा ७ खेलमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay