scheduleशुक्रवार मंसिर १९ गते, २०७७

विवेकशील र साझाको एकताले हुर्काएको आशा

 सुमन भट्टराई

विगतको आठ दशक संसारभर तीव्र राजनीतिक परिवर्तन, आर्थिक क्रान्ति र डिजिटलाइजेसनको दशक बन्यो । संसारभरी विभिन्न ठूला आन्दोलन र आन्दोलनपछिको हरेक क्षेत्रमा तीव्र परिवर्तनको युग रह्यो ।

 

गत आठ दशकमै सिङ्गापुर, मलेसिया, चीनजस्ता थुप्रै मुलुकहरूले काँचुली फेरे । त्यस्तै परिवर्तनको लहरबाट नेपाल पनि अछुतो रहन सकेन । फरक यति मात्र रहयो कि परिवर्तनको लहरले व्यवस्था फेर्‍यो अवस्था यथावत रहँदै आयो ।

 

बितेको आठ दशकमै नेपालले ५ विभिन्न राजनैनिक व्यवस्था भोग्यो । ५ राजा र २७ प्रधानमन्त्रीहरूले शासन चलाए पनि हामी निकै पछि पर्न गयौं । तिनै राजनीतिक दलहरू र तिनका नेताहरूले आजसम्म शासन सत्ता सम्हाल्दै छन् तर जनतामा निराशा मात्र निरन्तर छाइरह्यो । बाँकी निर्णायक काम हुन सकेका छैनन् । त्यसैले जनतामा विकल्पको उत्तर खोज्नु एउटा स्वभाविक विषय बन्न लागेको छ ।

 

सत्तापक्ष होस् या प्रतिपक्ष, मार्क्सवाद होस् या समाजवाद, वादको बोर्ड झुन्ड्याई राजनीति गर्ने चल्तीका राजनीतिक दल र तिनका नेताहरूको आचरण र पार्टीगत प्रणालीमा खासै केही भिन्नताहरू भेटिँदैन । चल्तीका राजनीतिक दल निकट विद्यार्थी संगठन र युवा संगठनहरू आफनो अस्तित्व नेताहरूमा खोज्दै हिड्ने बेथिति व्याप्त छ । युवाहरूले खेल्नुपर्ने हस्तक्षेपकारी भूमिकामा युवाहरू नै अनविज्ञ जस्तै बनेका छन् ।

सुमन भट्टराई

पार्टीका ठुला नेताहरूको भ्रष्टता, अरबौंको घोटाला, ठुलाठुला काण्ड, पार्टीगत नीति र प्रणालीगत कमजोरीका विरुद्ध विद्यार्थी र युवा संगठनको उपस्थिति नै भेटिँदैन । फलस्वरूप चल्तीका युवा संगठनहरू अपराधिक गिरोह ज्यादा; युवा संगठन कम देखिन थालेका छन् ।

 

युवाहरू जुनसुकै परिवर्तनका महत्त्वपूर्ण आधार हुन् । तर तिनै असफल राजनीतिज्ञ र असफल राजनीतिक पद्धतिबाट दीक्षित युवाहरू जनताको अपेक्षाअनुसार काम गर्न सक्लान् त ? भन्ने प्र्शनवाचक चिन्ह आ मजनतामा उठ्न थालेको छ जुन स्वभाविक नै हो । त्यसैले पनि वैकल्पिक युवा शक्तिको आवश्यकताको बोध सबैमा हुन थालेको छ ।

 

विगतको निरंकुश शासन व्यवस्थाको अन्त्यका लागि पुराना राजनीति दल र तिनका नेताहरूले गरेको सङ्घर्षलाई पूर्ण उपेक्षा भने गर्न सकिँदैन तर व्यवस्था परिवर्तनपछि गम्भीर राजनीतिक अस्थिरताको दलदलमा फसेका नेताहरूको व्यक्तिगत छोडेर सामाजिक उपलब्धि शून्य सरह नै भयो ।

 

यसरी व्यवस्था परिवर्तनपछिको असफल राजनीतिक दल र तिनका नेताहरूबाट वर्तमान सूचना र प्रविधिको युगमा भेटिने परिवर्तनशील सुक्ष्म मौकाहरू सदुपयोग गरेर विकासको मुल फुटाउलान् भनेर आश गर्नु कसैलाई नाङ्गो ज्यानले सगरमाथा चढाउँछु भन्नु बराबरकै घातक हुनसक्छ ।

 

मुलतः हाम्रो देश र हामी जनता छिमेकी र विदेशको राजनीतिक परिवर्तनबाट अछुतो रहन सक्दैनौं । वैकल्पिक राजनीतिक शक्ति र तिनको सकारात्मक प्रभावको हावाले नेपाली जनतालाई छुनु स्वभाविक नै हो । छिमेकी मुलुक भारतमा आम आदमी पार्टीको चर्चा र अरविन्द केजरीवालको सकारात्मक प्रभाव र पाकिस्तानी मुलका प्रधानमन्त्री इमरान खान र तिनको दल पाकिस्तान तेहरिक इन्साफको चर्चाले बिस्तारै बहसको स्थान ओगट्दै छ ।

 

त्यस्तै फ्रान्स र अन्य युरोपियन देशहरूमा चलेको गृन मुभमेन्टको सकारात्मक प्रभाव युवाहरूमा बढ्दो छ । देशमा भैरहेको लामो राजनीतिक अस्थिरता, निरन्तर भएका भ्रष्टाचार र ठुला घोटाला, दल र नेताहरूबीचको अस्पष्टता, राजनीतिक बेथिती र छिमेकी मुलुक र अन्य विदेशी मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको सकारात्मक छापको कारणले वैकल्पिक राजनीतिप्रति मोह बढाएको छ भने भर्खरै विवेकशील र साझाको एकताको चर्चाले आम नेपाली जनतामा नयाँ आशा हुर्काएको छ ।

 

सन २०१२ मा स्थापित विवेकशील नेपाली दल र सन २०१७ मा स्थापित साझा पार्टीले गत स्थानीय निर्वाचनमा उल्लेखनीय सहयोग र ऊर्जा पाएका थिए । सन् २०१७ जुलाइ २६ मा पार्टी एकीकरणपछि जनमानसमा वैकल्पिक राजनीतिक शक्तिप्रति अहम् विश्वास र आशा जागेको थियो ।

 

एकै घटनामा देवत्वकरण र एकै घटनामा दानवीकरण गरिने नेपाली समाजमा १७ महिनामै विवेकशील साझा टुक्रिनाले गहिरो ठोस र नकारात्मक असर पर्न गएको थियो । विगतका गल्ती स्विकार्दै, र नया अनुभवले खारिदै गएका दुई राजनीतिक दल पूर्ण एकीकरणउन्मुख हुनाले जनतामाझ फेरि एउटा आशा पलाउन थालेको छ ।

 

दाईं हाल्दा खावा गाढेर एकै गोलाकारमा घुमिरहने हल गोरुझैं निष्कर्षविहिन एउटै परिचक्रमा घुमिरहेको संक्रमणकालीन राजनीतिक अवस्थामा हुन लागेको विवेकशील र साझाको एकताले जनमानसमा नयाँ आशा, विश्वास र भरोसा हुर्कनु स्वभाविक नै हो । तर एकतापछि गहन जिम्मेवारीको बोध र करोडौंको आशाको वोध वैकल्पिक राजनीतिक दलमा हुनु आवश्यक छ । समाजका भित्र गुण र अवगुण छिचोलेर सँगै अघि बढनु अति आवश्यक छ । होइन भने फेरि पनि हात्ती आयो हात्ती आयो फुस्सा हुन सक्छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay