scheduleबिहिवार मंसिर १८ गते, २०७७

पूर्वमाओवादी नेताको हत्या, पूर्वमाओवादी गृहमन्त्री तर प्रहरीले दर्ता गरेन किटानी जाहेरी

पर्सा, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।

मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन् ।

यही कात्तिक ६ गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमण गर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त र कार्यकर्ताले आन्दोलन गरेका हुन् ।

मृतकका परिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन् । शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप प्रदर्शनकारीको आरोप छ । पूर्वमाओवादीको स्थानीय नेता मारिँदा र पूर्वमाओवादीकै गृहमन्त्री हुँदा पनि न्याय नपाइएको भन्दै खासगरी पूर्वमाओवादी पक्षका नेता कार्यकर्ताहरुले रोष प्रकट गरिरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका ‘मुख्य योजनाकार’ पूर्वसांसद राजकुमार गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

गुप्ताको नाम हटाएमात्र मुद्दाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्थले अडान लिएको उनीहरुको आरोप छ ।

पार्टीको कार्यक्रममा दुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो ।

चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको छ ।

गएको बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप भएको थियो । झडपमा परी गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay