scheduleबुधवार मंसिर १७ गते, २०७७

आइपिएलमा दिल्लीको लगातार तेस्रो हार, तालिकाको तेस्रो स्थानमा खस्कियो

काठमाडौं, १२ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा उसले दिल्ली क्यापिटल्सलाई ८८ रनको ठुलो अन्तरले पराजित गर्‍यो ।

हैदराबादले दिएको २२० रनको ठूलो लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १३१ रनमै समेटिएको थियो । दिल्लीका कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । रिषभ पन्तले सर्वाधिक ३६ रन बनाउँदा अजिन्क्या रहाणेले २६ रनको योगदान दिए ‌। त्यसैगरी तुषार देशपाण्डे २० रनमा अविजित रहे । दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ३ विकेट लिए । उनले आइपिएलमा हालसम्मकै उत्कृष्ट बलिङ गर्दै व्यक्तिगत रेकर्ड कायम गरेका छन् । उनले ४ ओभरमा ७ रन मात्र दिएर ३ विकेट हात पारे । यस्तै टि नटराजन र सन्दीप शर्माले २-२ विकेट लिँदा जेसन होल्डर र शाहबाज नदीमले पनि १-१ विकेट हात पारे ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रनको ठूलो योगफल तयार गरेको थियो । कप्तान एवम् ओपनर डेभिड वार्नर र ऋद्धिमान साहाले विस्फोटक ब्याटिङ गरेका थिए । साहाले ४५ बलमा ८७ तथा वार्नरले ३४ बलमा ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियमसन ११ रनमा अविजित रहे ।

जीतसँगै १२ खेलबाट १० अंक बटुलेको हैदराबाद अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित दिल्ली १४ अंकका बाबजुद नेटरनेेटमा मुम्बई र बैंगलोरभन्दा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay