scheduleबुधवार मंसिर १७ गते, २०७७

च्याम्पियन्स लिगमा सिटी र लिभरपुलको जीत, रियल मड्रिड हारबाट जोगियो

काठमाडौं, १२ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न समूह चरणका दोस्रो खेलमा दुई इंग्लिस क्लब म्यान्चेस्टर सिटी र लिभरपुलले जीत हात पारेका छन् ।

सिटीले मार्सेललाई उसैको मैदानमा ३-० ले तथा लिभरपुलले घरेलु मैदानमा मिजील्यान्डलाई २-० हराएको हो ।

सिटीको जीतमा फेरान टोरेस इकाय गुन्डोगान र रहीम स्टर्लिङले १ १ गोल गरे । टोरेसले १८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटीले १-० को अग्रता बनायो ।

दोस्रो हाफको ७६औं मिनेटमा गुन्डोगान र ८१औं मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटीले खेल सहजै ३-० ले जित्यो ।

यता लिभरपुलको जीतमा डियोगो जोटा र मोहमद सालाहले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।

५५औं मिनेटमा जोटाले गोल  गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा सालाहले गोल गर्दै लिभरपुललाई २-० को जीत दिलाए ।

इन्ज्युरी समयको गोलले रियलको हार टार्‍यो

त्यसैगरी गएराति नै सम्पन्‍न अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड हारबाट जोगिएको छ । २-० ले पछि परेको अवस्थाबाट अन्तिम समयमा पुनरागमन गरेको रियलले मन्चनग्लाडबाकलाई २-२ गोलको बराबरीमा रोकेको हो ।

खेलको ३३औं र ५८औं मिनेटमा मार्कस थुरामले गोल गरेपछि खेलमा मन्चनग्लाडबाकले २-० को अग्रता लिएको थियो ।

तर ८७औं मिनेटमा करिम बेन्जेमा र इन्ज्युरी समयमा कासेमिरोले गोल गरेपछि रियलले खेल २-२ को बराबरीमा टुङ्गायो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay