scheduleबुधवार मंसिर १७ गते, २०७७

बार्सिलोनाका अध्यक्ष बार्तोमेउद्वारा राजीनामा

काठमाडौं, १२ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

पछिल्लो समयमा उनको चर्को आलोचना हुनुका साथै समर्थकहरुबाट पनि अत्याधिक दबाब आउन थालेपछि उनले राजीनामा दिएका हुन् ।

सन् २०१४ मा क्लबको अध्यक्षता सम्हालेका उनले कार्यकाल सकिनुभन्दा ५ महिना अगावै राजीनामा दिएका हुन् । पछिल्ला केही महिनाहरुमा स्टार खेलाडी लियोनेल मेस्सीसँग पनि सम्बन्ध चिसिँदै गएपछि दबाबमा आएका बार्तोमेउ यो निर्णयमा पुगेका हुन् ।

बार्सिलोनाको आर्थिक अवस्थामा ह्रास आउनुका साथै र मैदानमा पनि खस्कँदो प्रदर्शन देखिने क्रम नरोकिएका कारण बार्तोमेउ निरन्तर आलोचित हुँदै आएका थिए ।

केही महिनाअघि मेसीले बार्तोमेउकै कारण क्लबमा बस्‍ने मनस्थिति नभएको भन्दै टिम छाड्‍ने लगभग पक्का गरिसकेका थिए ।

अब बोर्डमा केही राम्रा अनुहार आएको खण्डमा मेसीको बार्सिलोना बसाई अझै लम्बिने सम्भावना पनि बढेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay