scheduleबुधवार मंसिर १७ गते, २०७७

रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का

एजेन्सी, १२ कात्तिक । पोर्चुगिज स्टार एवम् इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बुधबार हुने बार्सिलोनाविरुद्धको खेल गुमाउने पक्का भएको छ ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोना र युभेन्ट्सबीच प्रतिष्पर्धा हुने तालिका रहेको थियो ।

अक्टोबरको सुरुवातमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमै रहेका रोनाल्डोको कोरोना परीक्षण रिपोर्ट पुनः पोजेटिभ आएपछि उनले खेल गुमाउने भएका हुन् ।

रियल मड्रिड छाडेर युभेन्ट्स गएपछि विश्‍व फुटबलका दुई स्टार मेसी र रोनाल्डो आमनेसामने भएको दर्शकले हेर्न पाएका छैनन् । च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुँदा बार्सिलोना र युभेन्ट्स एकै समूहमा परेपछि अब यी दुई खेलाडीबीचको प्रतिष्पर्धा हेर्न समर्थकहरु उत्साहित रहेका थिए ।

रोनाल्डोले पोर्चुगलका लागि १ तथा युभेन्ट्सको २ खेल गुमाइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay