scheduleबिहिवार मंसिर १८ गते, २०७७

विहारमा विधानसभाको पहिलो चरणको चुनाव सुरु

नयाँ दिल्ली, १२ कात्तिक । भारतको बिहारमा पहिलो चरणको विधानसभाको चुनाव आज सुरु भएको छ । बिहार विधानसभा चुनावको पहिलो चरणको चुनाव अन्तर्गत ७१ सिटका लागि मतदान हुनेछ ।

पहिलो चरणमा हुने ७१ सिटका लागि १ हजार ६६ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा झन्डै २ करोड १४ लाखभन्दा बढी मतदाताले भोट खसाल्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

१६ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि कोरोना महामारीलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड लागू गरिएको छ । चुनावमा आरजेडी, एलजेपी, आरएलएसपी, जेडीयू, बीजेपी, बीएसपी, काँग्रेस र एनसीपीले सहभागिता जनाउँदैछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay