scheduleबुधवार मंसिर १० गते, २०७७

वाग्मती प्रदेश प्रमुखलाई कोरोना

झापा, १२ कात्तिक । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौंडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरालाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणका कारण यसअघि नै काठमाडौंमा उपचाररत छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार जारी राखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay