scheduleबुधवार मंसिर १७ गते, २०७७

युरोपेली मुलुकमा पुनः संक्रमण बढ्न थाल्यो, इटलीमा प्रदर्शन सुरु

काठमाडौं, १२ कात्तिक । युरोपेली मुलुक बेल्जियममा कोरोना सङ्क्रमण अनियन्त्रित भएपछि सङ्क्रमित चिकित्सकहरुलाई काममा बोलाइएको छ ।

बेल्जियम सरकारले देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर तीव्र गतिमा बढ्न थालेपछि आइसोलेसनमा रहेका चिकित्सकहरुलाई बिरामीको उपचारका लागि अस्पताल बोलाएको हो ।

बेल्जियमको लिज सहरमा पछिल्लो समय कोरोनाले सबैभन्दा धेरै प्रभाव पारेको छ । १ करोड १६ लाख जनसंख्या रहेको बेल्जियममा हालसम्म कोरोनाका कारण ३ लाख ३३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

यसैबीच, इटलीमा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको छ । इटलीमा कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै थप सावधानी अपनाउन लगाइएको प्रतिबन्धप्रति विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay