scheduleसोमवार मंसिर १५ गते, २०७७

रअ भेटेको खगेन्द्र स्टाटस हेरेर जंगिए बाबुराम, भन्छन्- हामी पछि नपरे को पर्छ त ?

काठमाडौं, १२ कात्तिक । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको टिप्पणीप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमै जंगिएका छन् ।

संग्रौलाले बुधबार डा. भट्टराईले रअ प्रमुख सामन्त कुमार गोयललाई भेटेको भन्दै आफ्नै शैलीमा ट्विट गरेका थिए । संग्रौलाको ट्विटलाई कोट गर्दै डा. भट्टराईले उनलाई आफ्नो कान छाम्न आग्रह गरेका छन् ।

‘खगेन्द्र सङ्ग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु ?,’ उनको प्रश्न छ, ‘भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बिपी कोइराला र पुष्पलाल श्रेष्ठ बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?’

संग्रौलाले रअसँग भट्टराईले भेटेको आशयसहित ट्वीट सन्देशमार्फत् आक्रमण गरेका थिए । ‘डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने,सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना भाइरस सल्काउने,’ उनले लेखेका थिए, ‘अनि यता बाबुराम आइसाेलसनमा, उता सामन्त आइसाेलेसनमा । देहमा भाइरस सल्काइनु सामान्य कुरा हाे, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पाे सतायाे !’

गोयललाई भट्टराईले नभेटेको भन्दै उनको सचिवालयले खण्डन गर्दै आएको छ ।

 

यो पनि-
पूर्वप्रधानमन्त्री भट्टराई-सामन्त भेटको हल्ला कसरी उड्यो ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay