scheduleबुधवार मंसिर १० गते, २०७७

बुधबारदेखि पुनः आइपिएल टिभीमा हेर्न पाइने

काठमाडौं, १२ कात्तिक । केही दिनदेखि विदेशी च्यानलको प्रसारण रोकिएका कारण आइपिएल हेर्नबाट वञ्‍चित भएका दर्शकहरुले आजदेखि पुनः टिभीमा हेर्न पाउने भएका छन् ।

स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको हो । अस्थायी समाधानको रुपमा स्टार नेटवर्क अन्तर्गतका स्टार प्लस, स्टार गोल्ड र स्टार स्पोर्ट्स १ गरी तीन वटा च्यानल आजबाट पुनः सुचारु हुँदैछन् ।

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसका कारणले लाइभ खेल पहिलेको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुनेछ ।

च्यानल केही ढिलो आउने मात्र होइन, ब्याण्डविथ नपुगेको समयमा केहीबेर ल्याग हुने समस्या पनि आउन सक्ने प्राविधिकहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay