scheduleमगलवार मंसिर १६ गते, २०७७

पोखराका ९८ सहित गण्डकी प्रदेशमा बुधबार थपिए १५५ कोरोना संक्रमित

पोखरा, १२ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार साँझसम्म दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ९८ जना छन् ।

कास्कीका सबै ९८ संक्रमित सदरमुकाम एवम् प्रदेशकै राजधानी पोखराका हुन् । पछिल्लो समय पोखरामा पनि संक्रमणको दर बढिरहेको छ । पोखरामा सक्रिय संक्रमितको संख्या १००० नाघिसकेको छ ।

अन्य संक्रमितहरुमा नवलपरासी पूर्व नवलपुरका १६ जना छन् भने तनहुँका १४ जना, स्याङ्जाका १३ जना, गोरखाका ११ जना, बाग्लुङका २ जना र मुस्ताङका १ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ९४५ पुगेको छ । हालसम्म ४०१४ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको संक्रमणका कारण ज्यान गएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या २८६३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay