scheduleबुधवार मंसिर १० गते, २०७७

आइपिएल क्रिकेट: बैंगलोरलाई हराउँदै मुम्बई प्लेअफको संघारमा

काठमाडौं, १३ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा मुम्बई इन्डियन्सले जीत हात पारेको छ । प्रतियोगितामा आठौं जीत दर्ता गर्ने क्रममा उसले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गरेको हो । मुम्बईका सुर्यकुमार यादवले अविजित ७९ रन बनाए । त्यसैगरी इशाल किशनले २५, क्‍विन्टन डिककले १८ र हार्दिक पान्ड्याले १७ रनको योगदान दिए । बैंगलोरका युजभेन्द्र चहल र मोहम्मद सिराजले २-२ विकेट लिए भने क्रिस मोरिसले १ विकेट हात पारे ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । ओपनर देवदत्त पडिक्कलले ७४ रन बनाए भने अर्का ओपनर जोसुवा फिलिपले ३३ रनको योगदान दिए । सुरुवात राम्रो गरेको भएपनि बैंगलोरको अन्त्य सोचेअनुरुप भएन । मुम्बईका जसप्रीत बुमराहले ३ तथा ट्रेन्ट बोल्ट, राहुल चहर र कायरन पोलार्डले १-१ विकेट लिए ।

जीतसँगै १२ खेलबाट १६ अंक बटुलेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ भने पराजित बैंगलोर पनि पराजयका बाबजुद दोस्रो स्थानमा यथावत् छ ।

बिहीबार बेलुका हुने चेन्‍नई र कोलकाताबीचको खेलमा कोलकाता पराजित भएमा मुम्बई स्वतः प्लेअफका लागि छनोट हुने पहिलो टिम बन्‍ने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay