scheduleसोमवार मंसिर १५ गते, २०७७

च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्ट्सलाई हरायो, डर्टमुन्ड र पिएसजी पनि विजयी

काठमाडौं, १३ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जीत हात पारेको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित युभेन्ट्सलाई उसैको मैदानमा २-० ले हराएको हो ।

बार्सिलोनाको जीतमा ओस्मान डेम्बेले र लियोनल मेसीले एक-एक गोल गरे । डेम्बेलेले १४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८५औं मिनेटमा युभेन्ट्सका डेमिरालले प्जानिकलाई फल गरेपछि दोहोरो पहेंलो कार्ड अतः रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाइएका थिए ।

इन्ज्युरी समयमा पाएको पेनाल्टीमा मेसीले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्‍चित गरे । बर्नार्डेस्कीले अन्सु फातीमाथि फल गरेपछि रेफ्रीले सोझै पेनाल्टी दिएका थिए जसमा कप्तान मेसी चुकेनन् ।

युभेन्ट्स आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना नै मैदानमा उत्रिएको थियो । कोरोना संक्रमण भएका कारण रोनाल्डो अक्टोबरको सुरुवातदेखि नै आइसोलेसनमा छन् । सो क्रममा उनले त्यसयताका राष्ट्रिय टोली र क्लबका खेलहरु गुमाएका छन् ।

डर्टमुन्ड र पिएसजीको जीत

त्यसैगरी गएराति नै सम्पन्‍न अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले पनि जीत हात पारेका छन् ।

डर्टमुन्डले जेनिटलाई तथा पिएसजीले इस्तानबुल लाई समान २-० गोलअन्तरले हराएका हुन् ।

डर्टमुन्डको जीतमा जोडन सान्चो र एर्लिङ हालान्डले १-१ गोल गरेका थिए ।

त्यसैगरी पिएसजीको जीतमा मोइस किनले दुवै गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay