scheduleसोमवार मंसिर १५ गते, २०७७

फ्रान्समा कोरोना संक्रमणको दोस्रो लहर, थप घातक हुनसक्ने भन्दै पूर्ण लकडाउन

पेरिस, १३ कात्तिक । युरोपेली मुलुकहरुमा दोस्रो चरणको कोरोना संक्रमणको लहर देखिएको छ । यसैलाई मध्यनजर गर्दै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले फ्रान्समा एक महिनाका लागि पूर्ण लकडाउनको घोषणा गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने तर्क गर्दै यस्तो कदम चाल्नुपरेको राष्ट्रपति म्याक्रोँको तर्क छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको स्पष्ट पारेका छन् ।

‘कोरोना भाइरसको द्रुत गतिको संक्रमणले हामी अति अभिभूत भएका छौं,’ सम्बोधनको क्रममा उनले भने, ‘सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्छ । यसको विकल्प छैन ।’

एक महिने पूर्ण लकडाउन शुक्रबारदेखि लागू हुने र यो डिसेम्बर १ सम्म जारी रहने उनले बताए । लकडाउनको अवधिमा पनि सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने बताइएको छ ।

तर, कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द गर्नुपर्ने भए पनि सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहन पाउने छन् । यो अवधिमा एक प्रान्तबाट अर्को प्रान्तमा जान भने पाइनेछैन ।

घरबाट काम गर्न असम्भव भएको दावी कुनै रोजगारदाताले गरेमा उनीहरु कामका लागि कार्यालय जान पाउनेछन् । सम्बोधनको क्रममा राष्ट्रपति माक्रोँले भने, ‘गएको बसन्तमा जस्तै तपाईं कामको लागि, चिकित्सकसितको भेट, आफन्तलाई सहयोग गर्न, आवश्यक किनमेल गर्न वा तत्कालै विमान लिनुपर्ने भए बाहिर जान सक्नुहुनेछ ।’

फ्रान्समा बितेको दुई दनिमा मात्रै करिब ८० हजार संक्रमित थपिएका छन् भने गम्भीर ३ हजारभन्दा बढी गम्भीर बिरामी छन् । अहिले पेरिसका अस्पतालमा नब्बे प्रतिशत सघन उपचार कक्षहरु भरिएका छन् ।

मौसम परिवर्तनसँगै जाडो समयमा यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay