scheduleबुधवार मंसिर १० गते, २०७७

रासफोर्डको ह्‍याट्रिकमा युनाइटेडको फराकिलो जीत

काठमाडौं, १३ कात्तिक । युरोपियन च्याम्पिन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले शानदार जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आरबी लेपजिगलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

युनाइटेडको जीतमा मार्कस रासफोर्डले ह्‍याट्रिक गरे भने मेसन ग्रीनवूड र एन्थनी मार्सियालले १-१ गोल गरे ।

खेलको २१औं मिनेटमा ग्रीनवूडले गोल गरेपछि युनाइटेडले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको युनाइटेडले अरु सबै गोल दोस्रो हाफको अन्तिम २५ मिनेटभित्र गरेको थियो ।

सब्स्टिट्युट भएर आएका मार्कस रासफोर्डले ७४औं, ७८औं र इन्जयुरी समयमा गोल गर्दै ह्‍याट्रिक पूरा गरेका थिए । त्यसबीचमा मार्सियालले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जीतसँगै ग्रुप ‘एच’ मा रहेको युनाइटेडको २ खेलबाट ६ अंक भएको छ र शीर्षस्थानमा रहेको छ । यसअघि पहिलो खेलमा युनाइटेडले पेरिसलाई हराएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay