scheduleशुक्रवार मंसिर १९ गते, २०७७

समुदायस्तरमै तीव्र गतिमा कोरोना संक्रमण

नुवाकोट, १३ कात्तिक । नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिकामा समुदायस्तरमा तीव्र गतिमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । १० गाउँपालिका रहेको नुवाकोटमा हिजोसम्म चार सय ४१ जना कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटको विदुर नगरपालिकामा मात्र १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ८ पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्रिशूलीस्थित कोरोना परीक्षण ल्यावमा २४ घण्टामा १४ जनाको आरटी पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नुवाकोटका एकसय ८३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay