scheduleबुधवार मंसिर १० गते, २०७७

गृहले माग्यो १०० जना कर्मचारी (सूचनासहित)

काठमाडौँ, १२ कात्तिक । गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको हो ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका  दरखास्त आह्वान गरेको हो । आवेदन दिन पैसा लाग्दैन ।

दरखास्त दिनेको योग्यता ‘प्लस टु’ पास गरेको हुनुपर्नेछ । इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ ।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागद्धारा जारी सूचनामा  भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay