scheduleबुधवार मंसिर १० गते, २०७७

सरकारले मिडियाप्रति नियन्त्रण र नियमनभन्दा पनि प्रोत्साहन र सहकार्य गरेर अघि बढ्छः अर्थमन्त्री पौडेल

फाइल फोटो

काठमाडौं, १३ कात्तिक । नेपाल पत्रकार महासंघले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई कोरोना संक्रमणका कारण सञ्चार क्षेत्रमा परेको असर र समस्याबारे ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले बिहिबार १३ बुँदे ध्याकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो । महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा संकटपूर्ण अवस्थामा अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुमा परेको प्रभाव र असरवाट उत्पन्न समस्या सम्वोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तय गर्न आग्रह गरेको छ ।

त्यस्तै कोरोना सक्रमणको कारण देखाउँदै केही सञ्चारगृहमा पत्रकारहरुलाई निस्कासन गर्ने, दवावपूर्ण बेतलबी विदामा राख्ने जस्ता समस्या देखिएको भन्दै पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहलका लागि मन्त्रालयको ध्यानाकर्षण गरिएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार ऐन र नियमावलीमा रहेका व्यवस्था कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फवाट कुनै पनि सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन आग्रह गरे । उनले सरकारलाई सहयोग गर्न महासंघ तयार रहेको भन्दै आफूहरुले उठाएका मागहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।

ध्याकर्षण पत्र बुझ्दै अर्थमन्त्री विष्णु पौडेलले महासंघले मिडियाका समस्याका सम्बन्धमा दिएको सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढ्ने बताए । उनले राज्य मिडियाप्रति नियन्त्रण र नियमन भन्दा पनि प्रोत्साहन, सहयोग, सहकार्य र समन्वयको ढङ्गबाट अघि बढ्न प्रतिबद्ध रहेको बताए ।

उनले महासंघको मागप्रति सर्वपक्षीय छलफल गर्न आफुहरु तयार रहेको बताए ।

महासंघले बुझाएको सुझाव तथा समस्याहरुमा नेपाली मिडियालाई सेवा उद्योगको रुपमा मान्यता दिनुपर्ने, रोजगारी गुमाएका र लामो समयदेखि बेतलवी बिदामा बस्न बाध्य बनाइएका पत्रकारलाई वैकल्पिक कार्यक्रममार्फत् राहत दिनुपर्ने, पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन बीमाको व्यवस्था गर्नुपर्ने, पत्रकारहरुका लागि आपतकालिन राहत, द्वन्द पीडित पत्रकारलाई राहतको व्यवस्था गर्नुपर्ने, विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबैप्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्नुपर्ने, क्लीन फिड नीति थप प्रभावकारीढंगले कार्यान्वयनमा ल्याउनुपर्ने लगायत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay