scheduleसोमवार मंसिर १५ गते, २०७७

विहीबार थपिए २३६४ कोरोना संक्रमित, २४ घण्टामा १७ जनाको मृत्यु

काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

कोरोनाबाट अत्यधिक प्रभावितहरुको सूचिमा नेपाल ३४ औं स्थानमा रहेको छ । वर्ल्डोमिटरका अनुसार ३३औं स्थानमा रहेको इक्वेडरमा विहीबार अपराह्नसम्म कुल संक्रमितको संख्या १ लाख ६४ हजार ९०८ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबार अपराह्नसम्मको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

विहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay