scheduleबुधवार मंसिर १७ गते, २०७७

सभापति देउवाद्वारा नेता गहतराजको निधनप्रति दुःख व्यक्त

फाइल फोटो

काठमाडाैं, १३ कात्तिक ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भीमलाल गहतराजको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दलित सङ्घका केन्द्रीय सदस्य गहतराजको आज बिहान मोरङको मङ्गलबारे अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले एक शोक वक्तव्यमार्फत स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पुर्‍याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उर्लाबारी–४ निवासी स्व गहतराजले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । काँग्रेसले उनको निधनबाट एक होनाहार व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay