scheduleबुधवार मंसिर १० गते, २०७७

नेपाल कुटनीतिकरुपमा असफल भयोः पूर्वराजदूत उपाध्याय

काठमाडौं, १३ कात्तिक । भारतका लागि पूर्वनेपाली राजदुत दिपकुमार उपाध्यायले राजनीतिक तहको सम्बन्धलाई गुप्तचरी संस्थामार्फत् व्यवस्थापन गर्न खोज्नुले नेपाल कुटनीतिक रुपमा असफल भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपाध्यायले यस्तो बताएका हुन् । उनले विगतमा नेपालको राजनीतिलाई सुक्ष्म व्यवस्थापन गर्दै आएको भारतको गुप्तचर विभाग रअका प्रमुख सामन्त गोयलले नेपालको अन्तर्राष्ट्रिय हैसियत र कुटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर बिषय भएको उनको प्रतिक्रिया थियो ।

नेपालका प्रधानमन्त्री गुप्तचर संस्था रअसँग डराउनु रहस्यमय र गम्भिर बिषय भएको भन्दै त्यसको कारण खोजिनुपर्ने उनले बताए ।

रअ प्रमुख र प्रधानमन्त्रीबीच भएको संवाद गम्भीर बिषय भएकाले प्रधानमन्त्रीले संवादबारे परराष्ट्र मन्त्रालयमार्फत् आम जनतालाई जानकारी गराउनुपर्ने धारणा राखे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay