scheduleसोमवार मंसिर १५ गते, २०७७

चौरासिया मृत्यु प्रकरणका दोषीलाई कुनै पनि हालतमा छुट दिइन्न: डिआइजी सिंह

एसपी यादव/ सर्लाही, १३ कात्तिक । गत बिहिवार पर्सा जिल्लाको विन्दवासनी गाउँपालिकामा भएको नेकपा पार्टीको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई गुटबीच झडप हुँदा पार्टीका गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कसैको आग्रह वा पुर्वाग्रहमा नलागेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताएका छन् ।

डिआइजी सिंहका अनुसार दोषीलाई कुनै पनि हालतमा छुट नदिइने र निर्दोष पनि नफसुन भन्ने अभिप्रायका साथ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बिहिवार हुलाकबाट आएको पत्रका आधारमा किटानी जाहेरी प्रहरीले दर्ता गरिसकेको छ ।

मुकेश चौरसियाको हत्यामा संलग्न भएका भनिएका व्यक्तिहरु विरुद्ध दिइएको किटानी जाहेरीमा राजकुमार गुप्ताको नाम उल्लेख गरिएको छ । तर घटना स्थलमा गुप्ताको उपस्थिति नरहेको र सो समयमा उनी घटना स्थल भन्दा ११ किलोमीटर टाढा आफ्नो घरमा रहेका थिए । प्रहरीको अनुसन्धानमा पनि गुप्ता दोषी नदेखिएकोले किटानी जाहेरीमा निजको नाम उल्लेख भएकै कारण जाहेरी दर्खास्त पर्सा प्रहरीले दर्ता गर्न नमानेको डिआइजी सिंहले बताए । उनले भने, ‘घटनाका मुख्य आरोपि हनिफ अन्सारी र देव सहनीलाई पक्राउ गरिसकिएको छ ।’

झडपको क्रममा चौरसियाको टाउकोमा चोट लागी उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका ४२ वर्षीय चौरसियाको शुक्रबार बिहान करिब १० बजेको समयमा वीरगन्ज स्थित एल एस न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारको क्रममा चौरसियाको मृत्यु भए तापनि पर्सा प्रहरीले कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता नगर्नु र न्यायका लागि पीडित परिवार लगायत नेकपा पर्साका एक गुटका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि धर्नामा बस्नुले चौरसिया हत्या प्रकरण चर्चामा रहेको छ ।

मुकेश चौरसियाको हत्यामा संलग्न भएका भनिएका व्यक्तिहरु विरुद्ध दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको नाम राजकुमार गुप्ता संविधान सभाका पूर्वसदस्य तथा नेकपा पार्टीका नेता हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay