scheduleशनिवार मंसिर २० गते, २०७७

अस्पताल भर्ना भएको तीन दिनमा एक सङ्क्रमितको मृत्यु

नेपालगञ्ज, १३ कात्तिक । बाँकेमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

बाँकेमा आज ३४ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay