scheduleमगलवार मंसिर १६ गते, २०७७

एटिएम मेशिन तोडफोड गर्न खोज्‍ने युवक पक्राउ

तनहुँ, १३ कात्तिक । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्‍ने एक युवक बिहीबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध आजै तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay