scheduleसोमवार मंसिर १५ गते, २०७७

दाहालले बालुवाटारको तारिख धान्न छाडेपछि नेपाललाई निम्ता

काठमाडौं, १४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वयबीच शितयुद्ध चलिरहेको छ । अघिल्लो महिना १५ पटक सम्म भेटघाट गरेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच अहिले संवादविहीनता छ ।

झण्डै तीन दशकसम्म एकछत्र प्रभावमा पार्टी हाँकिरहेका प्रचण्ड पछिल्लो समय निरीह भएर बालुवाटारको तारिख धानिरहेको टिप्पणी हुन थालेको थियो । उनले जति बालुवाटारको तारिख धाने पनि वा घण्टौं बालुवाटार पुगेर ओलीलाई कुर्दै समय बिताए पनि भएका सहमतिहरु लागू नभए पछि निराश हुन थाले । पछिल्लो समय उनी बालुवाटार धाउन छाडेका छन् ।

गत कात्तिक ४ मा अध्यक्षद्वयबीच लामो संवाद भए पनि त्यसपछि भने कुनै संवाद नभएको खुमलटार स्रोतले जनाएको छ । कर्णाली प्रदेशको विवाद हल गर्न भएको छलफलबारे ओली र प्रचण्डका तर्फबाट छुट्टा–छुट्टै प्रेस नोट जारी भएपछि चर्किएको विवाद रअ प्रमुखसँग प्रधानमन्त्रीले भेटेपछि उत्कर्षमा पुगेको छ । यसैबीच ओलीले एकपक्षीय रुपमा तीन मन्त्री थपेपछि अविश्वासको पहाड अध्यक्षद्वयबीच खडा भएको छ ।

दुई अध्यक्षबीच भएको सहमतिविपरीत ओलीले निर्णय लिने गरेको भन्दै रिसाएका प्रचण्डले बालुवाटार जाने प्रस्ताव कोरोनाको बाहना बनाएर अस्वीकार गर्दै आएका छन् । बितेको तीन दिनदेखि ओलीले प्रचण्डलाई भेटको लागि प्रयास गरिरहेका छन् । दाहालले सिधै भेट्दिनँ त भनेका छैनन् तर उनले ‘जनार्दन शर्मालाई कोरोना संक्रमण भएको र आफूले पनि भेटघाट गरेकोले ओलीजीलाई अहिले नभेट्दै ठिक होला’ भनेर कुटनीतिक जवाफ दिइरहेका छन् ।

आफ्नो आग्रहलाई प्रचण्डले नमानेपछि ओलीले आफ्ना विश्वास पात्रहरुलाई प्रदेशबाट काठमाडौं बोलाएर संवादहिनताको अन्त्य गर्न खोजिरहेका छन् । लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङ अहिले काठमाडौंमा सक्रिय छन् ।

प्रचण्डले ओली नसच्चिएसम्म र आत्मसमीक्षा नगरेसम्म संवादको अर्थ नरहेको सन्देश दिएपछि बुधबार विष्णु पौडेल र सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । प्रचण्डले मिल्ने सन्देश लिएर आउने भन्दा ओलीको कमजोरीप्रति पनि बोल्ने सासह गर्न दूतहरुलाई सुझाव दिन थालेका छन् । ओली समूहको प्रचण्ड असन्तुष्टिप्रतिको बुझाई भने फरक छ ।

‘प्रचण्डजीले कुनै पार्टी, पद्धति वा विधिका लागि यी सबै गरिरहनुभएको छैन,’ ओलीको भनाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘यही कुरा बुझेर ओलीजीले माधव नेपालसँग सम्वाद अगाडि बढाउन चाहनुभएको छ ।’

उता माधव नेपालले पनि प्रचण्डकै शैलीमा ओलीलाई जवाफ फर्काएका छन् । उनले पहिला ओलीले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । ‘ओली जी आफू अप्ठेरोमा परेपछि मात्र सम्झनुहुन्छ, नत्र असाध्यै निरंकुश चरीत्र देखाउनुहुन्छ,’ नेपालको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘माधवजी पार्टीलाई साँच्चिकै विधि र पद्धतिमा चलाउनुपर्ने अडान र मेहनतमा हुनुहुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay